बीमाको दायरा पाँच लाख कायम गर्न कांग्रेसको माग



काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमालाई पाँच लाख कायम गर्न सरकारसँग माग गरेको छ ।

पार्टी केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको बीमामा एकद्वार प्रणाली लागू गर्ने र दायरा बढाउने घोषणालाई पार्टी केन्द्रले अपनत्व लिएको हो ।

पार्टी केन्द्रीय समितिको  बैठकपछि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बीमितको अधिकार सुनिश्चित गर्दै यस क्षेत्रमा देखिएको सबै जटिलतालाई हटाइ सबै नागरिकलाई स्वास्थ्य बीमाप्रति आकर्षित गर्न यस्तो माग गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

  काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या