चार जिल्लामा देखियो हैजा



 

काठमाडौँ । देशका चार जिल्लामा हैजाका बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले काठमाडौँ, ललितपुर, कैलाली र प्यूठानमा हैजाका बिरामी देखिएको जानकारी दिए ।

उनकानुसार यी चार जिल्लामा ३० जनामा हैजा पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हैजा परीक्षण गराउँदा ललितपुरमा १९, काठमाडौँमा एक, कैलालीमा आठ र प्यूठानमा दुई जनामा हैजा पुष्टि भएको हो ।

हैजा अतिसङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले यसका मुख्य लक्षणमा चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने गर्दछ । सङ्क्रमणले गम्भीर अवस्थामा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ पहेलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनेजस्ता समस्या हुने गरेका चिकित्सकले जनाएका छन् ।

हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपुर्याए ५० प्रतिशत मृत्यु हुने सम्भावना हुने भएकाले सतर्कता अपनाउने र झिँगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुला स्थानका खाद्यपदार्थ नखान, पानी उमालेर वा क्लोरिन प्रयोग गरेरमात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन महाशाखाले अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

  काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या