सीमित स्रोत र जनशक्तिबाटै प्रभावकारी सेवा दिनुपर्छः स्वास्थ्यमन्त्री पौडेल



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा सेवाको प्रभावकारीतालाई अझै बढाउन आवश्यक रहेको बताएका छन् ।

शनिबार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रममा उनले चिकित्सकीय जनशक्ति आजै उत्पादन गरेर बढाउन सक्ने स्थिति नरहेकाले सीमित चिकित्सकीय शक्ति, सीमित भौतिक पूर्वाधार, सीमित स्रोतकाबीचमा प्रभावकारी सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको बताए ।

उनले भने,‘देश आर्थिक हिसाबले समस्यामा छ । स्रोत बढाउन सक्ने अवस्था छैन । सीमित स्रोतभित्र शतप्रतिशत परिणाम प्राप्त गर्नेगरी काम गर्नुपर्ने स्थिति छ । पूर्वाधार विकासमा आजकोभोलि नै केही भइहाल्दैन । दिर्घकालिन योजना अनुसार विस्तारै काम हुन्छ । तर सेवाको प्रभावकारिता भने बढाउनुपर्ने हाम्रो बाध्यता छ । चिकित्सकीय जनशक्ति आजै उत्पादन गरेर बढाइहाल्न सक्ने अवस्था छैन । सीमित जनशक्ति, भौतिक पूर्वाधारका लागि सीमित स्रोतका बीचमा प्रभावकारी सेवा प्रदान गर्नुपर्ने आवश्यकता छ ।’

उनले वीर अस्पतालभित्रको सबै इकाईहरुको समन्वय र एकीकृत स्वास्थ्य प्रणाली विकासमा जरुरी रहेको औंल्याए । व्यस्थापकीय पक्षमा सुधार गर्न सकेमा भइरहेको साधन र स्रोतभित्र रहेरपनि राम्रो परिणाम दिन सकिने उनको विश्वास छ ।

उनले भने,‘वीर अस्पतालभित्रको सबै इकाईहरुको समन्वय हुन जरुरी छ । एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ । व्यवस्थापन पक्षमा जेजे सुधार गर्नुपर्ने हो सबै सुधार गर्न सकिरहेको छैनौं । यसमा सुधार गर्न सयौं भने यही साधन स्रोतभित्र राम्रो परिणाम दिन सक्छौं भन्ने मलाई लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

  काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या