पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन



गण्डकी । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण तथा प्रविधिसहितको दन्त उपचार सेवा सञ्चालनमा आएको छ ।

दन्त विभागमा अस्थायी/स्थायी रूपमा दाँतसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध रहेको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

उनकानुसार अस्पतालले बहिरङ्ग (ओपिडी), स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, बालरोग, फिजिसियन तथा जनरल मेडिसिन सेवाका साथै इमर्जेन्सी, युएसजी र इसिजी सेवासँगै दन्त रोग उपचार सेवा सञ्चालनमा ल्याएको हो ।

दन्त विभागलाई दक्ष तथा अनुभवी एकजना बिडिएस डेन्टल सर्जन र एकजना पिसिएल डेन्टल हाइजिनिष्टको नेतृत्वमा सञ्चालन गरिएको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक सह–प्राडा दीपेन्द्रकुमार यादवले जानकारी दिए ।

शिक्षण अस्पताल सरकारी भएकाले दन्त सेवा शुल्क र उपचार खर्च अन्य सरकारी अस्पताल सरह भएको उनले बताए ।

दन्त चिकित्सक डा मानुषी पौडेलले पोखरा विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत डेन्टल ओपिडी सेवा बिदाको दिनबाहेक १० देखि ५ बजेसम्म सञ्चालन हुने र यहाँ दाँतका बिरामीहरुलाई सुविधासम्पन्न ल्याबदेखि फार्मेसीसम्मका सम्पूर्ण सेवा उपलब्ध रहेको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

  काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या