बागमती प्रदेश सरकारले क्यान्सरपीडितलाई एक लाख सहयोग गर्ने



 

भक्तपुर । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख रुपैयाँ सहुलियत प्रदान गर्ने निर्णय गरेका छन् ।

बुधबार पदबहाली गर्दै मन्त्री थापाले बागमती प्रदेशभित्रका विपन्न परिवारका क्यान्सरपीडितलाई प्रदेश सरकारले  एक लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्री थापाले भने, ‘विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई  ५० हजार सहयोग गर्ने गरेको थियो । अबदेखि एक लाख दिने निर्णय गरेको छु ।’

उनले यसबापतको आर्थिक दायित्व भुक्तानीका लागि  ११ करोड  बजेट सुनिश्चित हुनुपर्ने भएकाले सो बजेटका व्यवस्थाका लागि नियमानुसार मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिने बताए ।

त्यसैगरी, मानसिक एवं नसर्ने प्रकृतिका रोगको रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै स्वस्थ्यमन्त्री थापाले भने, ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानलाई अब बागमती प्रदेशका सबै पालिका तहमा पुर्याई जनचेतना अभिवृद्धि कार्यक्रममार्फत प्रदेशवासीको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरिनेछ ।’

भक्तपुर क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नवनियुक्त स्वास्थ्यमन्त्री थापा पहिलोपटक मन्त्री भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देशभर १९ हजार डेङ्गु सङ्क्रमित

  काठमाडौँ । देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग

हेटौँडास्थित कीटजन्य रोग नियन्त्रण केन्द्रको स्तरोन्नतिका लागि स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हेटौँडास्थित विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को

बालबालिकालाई कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाइने

काठमाडौं । आगामी कात्तिक २ र ३ गते देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको

‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु

डा. शेरबहादुर पुन बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी बजार जाने गर्दछु