काठमाडौंमा बुधबारदेखि पोलियो थोपा खुवाइने



काठमाडौँ । काठमाडौंमा बुधबारदेखि पाँच वर्ष उमेरभन्दा मुनिका बालबालिकालाई पोलियो थोपा खुवाइने भएको छ । यसका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविका घर घरमा आउनेछन् । उनीहरुले ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउनेछन् ।

नियमित खोप लिएका बालबालिकालाई पनि पोलियो थोपा खुवाउनु पर्छ । यस कार्यमा सहयोग गर्न काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले महानगरवासीलाई आग्रह गरेको छ ।

विभागका प्रमुख प्रवीण प्याकुरेल भन्छन्, ‘वातावरणीय निगरानीका क्रममा भएको नमूना संकलन र प्रयोगशाला परीक्षणका क्रममा काठमाडौँको टुकुचा र बागमती दोभानमा बागमती नदीतर्फको खण्डबाट (ढलबाट आएको पानी) डिप्राइभ्ड पोलियोको भाइरस–३ भेटियो । यसको सम्भावित जोखिम घटाउन विशेष अभियान सञ्चालन गरिएको हो ।’

उनले जेठ १३ गते ढलबाट आएको पानीको नमूना लिइएको र यसको रिपोर्ट असार २९ गते आएको जानकारी दिए । प्रयोगशाला परीक्षणमा यो भाइरस मुखबाट दिइने पोलियो भाइरसको उत्परिवर्तन भएको पत्ता लागेको हो ।

यस अभियानमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकासहितको टोली परिचालन हुनेछन् । राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौँ महानगरपालिकाभित्र २ लाख ३८ हजार ९६६ घर छन् ।

यी घरहरुमा ५ बर्षमुनिका करिब ६३ हजार ५६ जना बालबालिका रहेको अनुमान गरिएको छ । विभागको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वडा नम्बर ६ मा ६ हजार १२ जना बालबालिका छन् ।

सबैभन्दा कम वडा नम्बर १ मा ४६२ जना छन् । पोलियो खोप ६ हप्ता, १० हप्ता र १४ हप्ता गरी ३ पटक मुखबाट (ओरल पोलियो भ्याक्सिन – ओपीभी) खुवाइन्छ । यस्तै १४ हप्ता र ९ महिनाको उमेरमा सुइबाट (इनएक्टीभेटेड पोलियो भ्याक्सिन-आइपीभी) दिइन्छ ।

तत्काल सम्पर्क गर्न अनुरोध

बालबालिकाहरुका अतिशीघ्र लुलो पक्षाघातका लक्षण देखिए तत्काल खबर गर्न महानगरपालिकाले अनुरोध गरेको छ । यसमा बालबालिकाका कुनै पनि अङ्ग तत्कालै लुलो हुने, एक भाग नचल्ने जस्ता लक्षण हुन्छन् । पोलियोको असर ५ बर्षमुनिका बालबालिकामा धेरै हुन्छ । यस्ता लक्षण १५ वर्ष उमेरसम्मका बालबालिकालाई हुन सक्ने, विभागले बताएको छ ।

पोलियो जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ । ५ वर्षमुनिका बालबालिका सबैभन्दा धेरै जोखिममा हुन्छन् । पोलियोको भाइरस दुषित खाना र दुषित पानीबाट सर्छ । यसकारण खाना र पानीको सफाइसँगै वातावरणीय स्वच्छतामा ध्यान दिन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

  काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या