बयलपाटा अस्पताल सञ्चालनका लागि थप बजेट दिन सांसद पाण्डेको माग



 

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे अछामको बयलपाटा अस्पताल सञ्चालनमा आर्थिक अभाव देखिएको अवगत गराउँदै सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन्  ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा उनले  अस्पताललाई कोभिड–१९ पछि अन्तर्राष्ट्रिय अनुदान सहयोग आउन रोकिएको बताए । उनले कोरोनापछि सुदूरपश्चिम सरकारले सञ्चालनमा आर्थिक सहयोग गर्दै आएको भएपनि पछिल्लो बजेटमा खर्च कटौती भएपछि सञ्चालनमा समस्या आएको र बन्द हुने अवस्था पुगेको गुनासो गरे ।

सांसद पाण्डेले सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा सञ्चालन व्यवस्थापनका लागि बजेट विनियोजन गर्न र साथै सङ्घीय सरकारबाट पनि अनुदान प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीको प्रश्नः पूर्वराजालाई लगेर नारायणहिटी छिराउने भन्ने हल्ला चलाइएको छ, कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ ?

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट

अहिलेको सरकारको क्रियाकलापले राजावादी उत्साहित भएः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका जनविरोधी गतिविधिका कारण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा राजावादीको प्रदर्शन(भिडियो)

काठमाडौं । काठमाडौंमा राजावादीहरु प्रदर्शनमा उत्रिएका छन् । राजावादीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको