पोखरा विश्वविद्यालयको शिक्षण अस्पताल उद्घाटन



 

कास्की । पोखरा महानगरपालिका–३० लेखनाथस्थित खुदीमा स्थापना गरिएको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको उद्घटन गरिएको छ ।
पोखरा विश्वविद्यालयले आफ्नो मातहतमा सञ्चालनमा ल्याएको एक सय शय्याको शिक्षण अस्पतालको आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका हुन् । विश्वविद्यालयले गत भदौमा आंशिक रुपमा अस्पताल सञ्चालन गरे पनि भवन निर्माण सकिएपछि सोमबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याएको हो ।

अस्पताल उद्घाटनपछि मुख्यमन्त्री अधिकारीले स्वास्थ्य बीमालाई पहिलो प्राथमिकतामा राखेर अस्पतालले सेवा दिनुपर्ने बताए । शिक्षण अस्पतालको महत्व र सेवालाई बुझेर सबै अगाडि बढ्न उनको आग्रह थियो । स्वास्थ्यका कारण जनता शारीरिक एवं मानिसक रुपमा विचलन नहुने गरी गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा मुख्यमन्त्री अधिकारीको जोड थियो ।

विश्वविद्यालयका रजिष्ट्रार एवं शिक्षण अस्पतालका सञ्चालक समितिका अध्यक्ष प्राडा दीपकबहादुर भण्डारीले विश्वविद्यालयको चिकित्सा शिक्षा कार्यक्रमहरुलाई प्रयोगात्मक अभ्यासका लागि अस्पताल आवश्यक पर्ने भएकाले अस्पताल सञ्चालनमा ल्याइएको बताए ।

विभिन्न सङ्घसंस्थाको सहयोगमा  पाँच करोडका स्वास्थ्य उपकरण सङ्कलन भएपछि आज अस्पतालको उद्घाटन गरिएको हो । अस्पताल भवन सात करोड बराबरको लागतमा निर्माण गरिएको विश्वविद्यालयको स्वास्थ्य विज्ञान सङ्कायका डिन डा अमर नागिलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र

गण्डकी । पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य

प्रदेश अस्पतालमा सर्जिकल र रेडियोलोजी सेवा सुरु

लमजुङ । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा

सुलभ फार्मेसीअन्तर्गतका औषधिका प्रकार र मात्रा अध्ययन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिका प्रकार र मात्रा अध्ययन

चीनद्वारा निजामती अस्पताललाई दुई करोड मूल्य बराबरको उपकरण हस्तान्तरण

काठमाडौं । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई