निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित



म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् ।

ज्यामरुककोट सानालेखस्थित लेकसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षीय जमानसिंह घिमिरेको आँखा परीक्षण गर्दै बागलुङका नेत्ररोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन गरेका थिए ।

सिद्धार्थ आँखा उपचार तथा चश्मा घर बागलुङले प्राविधिक सहयोग गरेको उक्त शिविरमा ९० जना बिरामीलाई निःशुल्क चश्मा वितरण गरिएको क्लबका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

उनले शिविरमा स्थानीय वृद्धवृद्धादेखि अशक्त, अपाङ्गता भएका, बालबालिका तथा वयस्क सबै उमेर समूहका मानिसको नेत्र परीक्षण एवं उपचार गरिएको बताए ।  शिविरमा ज्यामरुककोटको गौश्वारा, सानालेख, तमाने, भकुण्डे, फापरखेत र खवरा क्षेत्रबाट बिरामी आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र

गण्डकी । पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य

प्रदेश अस्पतालमा सर्जिकल र रेडियोलोजी सेवा सुरु

लमजुङ । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा

सुलभ फार्मेसीअन्तर्गतका औषधिका प्रकार र मात्रा अध्ययन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिका प्रकार र मात्रा अध्ययन

चीनद्वारा निजामती अस्पताललाई दुई करोड मूल्य बराबरको उपकरण हस्तान्तरण

काठमाडौं । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई