आम नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर हुनुपर्छः राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आम जनताको पहुँचमा सरल,सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३औँ वार्षिकोत्सवको अवसरमा आयोजित नेपाल स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ राष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपतिले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेगरी संविधानमै व्यवस्था गरेको उल्लेख गरे ।

उनले भने, ‘संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्ने, सेवालाई पूर्णतया निःशुल्क बनाउने र सबैको समान पहुँच र हिस्सेदारी कायम गर्ने व्यवस्थालाई प्राथमिकता दिएको छ । संविधानको यो व्यवस्थाको कार्यान्वयन गर्न सरकारले गम्भीर भएर सोच्नुपर्छ ।’

उनले जलवायु परिर्वतन तथा बदलिँदो परिवेशसँगै मिम्तिएको विभिन्न सर्ने, नसर्ने, सङ्क्रामक रोगका मुद्दाहरुलाई विशेष प्राथमिकतामा राखी स्वास्थ्य क्षेत्रलाई आधुनिक, विकसित र सर्वसुलव बनाउन स्पष्ट सुझाव दिन सक्नेगरी खोज अनुसन्धानलाई अझै सक्रिय बनाउन स्वास्थ्य वैज्ञानिकहरूलाई आग्रह गरे ।

राष्ट्रपति पौडेलले बदलिँदो परिवेश अनुसार स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोग, जलवायु परिर्वतन, सङ्क्रामक रोग इत्यादि मुद्दाहरूलाई विशेष प्राथमिकतामा राखी अध्ययन अनुसन्धानका कार्य अझै सक्रिय भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र

गण्डकी । पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य

प्रदेश अस्पतालमा सर्जिकल र रेडियोलोजी सेवा सुरु

लमजुङ । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा

सुलभ फार्मेसीअन्तर्गतका औषधिका प्रकार र मात्रा अध्ययन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिका प्रकार र मात्रा अध्ययन

चीनद्वारा निजामती अस्पताललाई दुई करोड मूल्य बराबरको उपकरण हस्तान्तरण

काठमाडौं । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई