ब्लू क्रस अस्पतालमा हिस्टेरोस्कोपी कार्यशाला आयोजना



काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा हिस्टेरोस्कोपी कार्यशाला आयोजना गरिएको छ । अस्पतालमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा रंगीना लाईकमबमको नेतृत्वमा एक दिने कार्यशाला आइतबार आयोजना गरिएको हो ।

डा. लाईकमबमको पहलमा ब्लू क्रस अस्पतालको सहकार्यमा नेपाल स्त्रीरोग तथा प्रसूति विशेषज्ञ समाज (नेसोग)को आयोजनामा कार्यशाला सञ्चालन भएको हो । कार्यशाला विशेषगरी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सकहरुका लागि आयोजना गरिएको हो।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सकहरुको दक्षता अभिबृद्धि गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यशालामा लाईकमबमले हिस्टेरोस्कोपी प्रविधि बारे विस्तृत चर्चा गरेकी थिइन् । नेपालका विभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सकहरुलाई प्रत्यक्ष शल्यक्रिया समेत गरेर उक्त शल्यक्रिया बारे प्राविधिक जानकारी दिइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अन्तराष्ट्रिय स्तरमै प्रख्यात वरिष्ठ गाइने इण्डोस्कोपिक सर्जन डा राहुल मनचन्दा थिए भने विशेष अतिथिको नेसोगका ईलेक्ट प्रेसिडेन्ट डा पदमराज पन्त थिए। ब्लू क्रस अस्पताला सञ्चालक समितिका सदस्य–सचिव रजतकृष्ण श्रेष्ठले यस्ता कार्यशाला अति नै महत्वपूर्ण हुने बताए ।

अस्पताललका मेडिकल डाइरेकटर डा प्रज्वलमान श्रेष्ठले ब्लू क्रस अस्पतालमा कार्याशाला आयोजना गरेकोमा नेसोलाई विशेष धन्यवाद दिए । अस्पतालकी वित्त तथा प्रशासनिक निर्देशक सतीदेवीले कार्यशाला निकै उपलब्धिमुलक रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नसर्ने रोगका प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ

  काठमाडौँ । सूर्ति तथा मदिराजन्य पदार्थको प्रयोग शरीरका लागि अति घातक रहेको

प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र

गण्डकी । पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य

प्रदेश अस्पतालमा सर्जिकल र रेडियोलोजी सेवा सुरु

लमजुङ । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा

सुलभ फार्मेसीअन्तर्गतका औषधिका प्रकार र मात्रा अध्ययन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिका प्रकार र मात्रा अध्ययन