बिमितले अब निजीमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने



 

काठमाडौं ।  स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ ।  बोर्डले स्वास्थ्य बिमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुेपर्ने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले जानकारी दिए । उनका अनुसार सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने हुन्छ ।

यसअघि गत माघ १ गतेदेखि सरकारी, निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्दा १० प्रतिशत रकम तिर्ने व्यवस्था गरिएको थियो । बोर्ड पनि पुनः कार्यविधि संशोधन गरेर सरकारी र निजी तथा सामुदायिक अस्पताललाई छुट्टाछुट्टै सहभुक्तानी रकम तोकेको हो ।

उनले सरकारी अस्पतालको क्षमतामा विकास गर्न र बिरामीको सरकारी अस्पतालप्रति आकर्षण गराउन सरकारी अस्पतालमा उपचार गर्दा १० र निजी तथा सामुदायिक अस्पतालमा २० प्रतिशत सहभुक्तानी राखिएको बताए ।

गत माघदेखि अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गर्नका लागि बोर्डले सहभुक्तानी प्रणाली लागू गरेको हो । कार्यकारी निर्देशक डा बसौलाका अनुसार सहभुक्तानीले १५ शय्यासम्मका आधारभूत अस्पतालमा भने लागू हुँदैन । सङ्घीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, सबै निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा भने सहभुक्तानी प्रणाली लागू हुने कार्यविधिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री

  काठमाडौँ । प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक

नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण सोमबारदेखि

काठमाडौँ । नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण यही वैशाख ३१ गतेबाट सुरु हुने

बाल अस्पतालका निर्माणका लागि मीनबहादुर गुरुङले ४१ करोड सहयोग गर्ने

काठमाडौं । भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको

जैमिनीमा ‘स्वस्थ नागरिक’ अभियान

बलेवा (बागलुङ) । कुनै समय ‘रिफर सेन्टर’का रूपमा चर्चित प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा