दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण



बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा रु एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो ।

भवनमा दुई आवासीय कोठासहित नौ कोठा, सार्वजनिक शौचालयलगायतका संरचना निर्माण गरिएको निर्माण व्यवसायी भूपेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार, भवनको घेराबारसहित सोलारसमेत जडान गरिएको छ । उक्त भवनलाई भूकम्पप्रतिरोधी र अपाङ्गमैत्री बनाइएको छ ।

बागलुङको बन्धन भगवती देभ एण्ड सायर तिलक जेबीले विसं २०७८ असारमा सो भवन निर्माणको ठेक्का लिएको थियो । अठार महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भए पनि समयमै जग्गा व्यवस्थापन नहुँदा थप गरिएको आठ महिनाभित्रमा निर्माण कार्य सकेर भवन हस्तान्तरण गरिएको भवन निर्माण आयोजना कार्यालयका प्रमुख सुनिता श्रेष्ठले बताइन् ।

यसैबीच नवनिर्मित स्वास्थ्यचौकी भवनको आइतवार सांसद खमबहादुर गर्बुजाले शुभारम्भ गरेका छन् । उनले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन भवनलगायतका पूर्वाधारले सघाउने विश्वास व्यक्त गर्दै दक्ष जनशक्ति र आधुनिक मेसिन उपकरणको व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।

नवनिर्मित भवनबाट सेवा सञ्चालन गरेपछि सेवाग्राहीलाई समेत सहज भएको छ । पहिले साँघुरो कोठा भएको कच्ची भवनबाट सेवा दिँदै आएकोमा सुविधा सम्पन्न भवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाहमा सहज हुने स्वास्थ्यचौकीका इञ्चार्ज सुकमति गर्बुजाले बताइन् । भवन निर्माणका लागि दग्नाम घर भई हाल बेनी निवासी टेकबहादुर थजालीले रु आठ लाख मूल्य बराबरको पाँच रोपनी जग्गा आधा मूल्य रु चार लाखमा उपलब्ध गराएक अठिए । जग्गा खरिदको लागि आवश्यक पर्ने रकम सहयोगदातामार्फत जुटाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्वास्थ्य बीमाको प्रिमियम बढाउने विषयमा बहस आवश्यक छ’

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले स्वास्थ्य बीमामा सुधार

नसर्ने रोगका प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ

  काठमाडौँ । सूर्ति तथा मदिराजन्य पदार्थको प्रयोग शरीरका लागि अति घातक रहेको

प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र

गण्डकी । पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य

प्रदेश अस्पतालमा सर्जिकल र रेडियोलोजी सेवा सुरु

लमजुङ । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा