कोशीमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि चार निजी अस्पतालसँग सम्झौता



 

मोरङ ।  कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि आज यहाँका चार निजी अस्पतालसँग सम्झौता गरेको छ ।

आइतबार प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा मन्त्रालयका सचिव डा सुधा देवकोटाले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको झापाको दमकमा रहेको शाखा अस्पतालका निर्देशक डा भगवान कोइराला, हाम्रो अस्पतालका डा शङ्कर अधिकारी, नोवेल शिक्षण अस्पताल विराटनगरका राजेश नेपाल, विराट मेडिकल शिक्षण अस्पताल मोरङ बूढीगङ्गाका पदम बिनाडीसँग  सम्झौता आदानप्रदान गरे ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले अब प्रदेशका कुनै पनि बालबालिका रकमको अभावमा अकाल मृत्यु हुने अवस्था नआउने बताए  । उनले बालबालिका  मुलुकको भविष्यका कर्णधार भएकाले उनीहरुलाई सहज रुपमा स्वास्थ्य उपचार उपलब्ध गराउन सरकारले कुनै सम्झौता नगर्ने प्रण गरे ।

मुख्यमन्त्री कार्कीले प्रदेशले गरेको सम्झौताले अन्य प्रदेशमा सन्देश प्रभाव हुने विश्वास व्यक्त गर्दै निजी क्षेत्रका अस्पताल सरकारका अङ्ग भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा शुभारम्भ

  मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा

वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

काठमाडौँ। वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर

‘स्वास्थ्य बीमाको प्रिमियम बढाउने विषयमा बहस आवश्यक छ’

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले स्वास्थ्य बीमामा सुधार

नसर्ने रोगका प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ

  काठमाडौँ । सूर्ति तथा मदिराजन्य पदार्थको प्रयोग शरीरका लागि अति घातक रहेको