एनआरएनएद्वारा मधेश प्रदेशलाई मोबाइल ब्लड बस हस्तान्तरण



काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आइसीसी) ले मधेश प्रदेशमा मोबाई ब्लड बस हस्तान्तरण गरेको छ ।
बिहीबार जनकपुरमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपाल रेडक्रस सोसाइटी धनुषालाई ब्लड बस हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष केसीले बस हस्तान्तरण गर्दै स्थानीय निकायबीच समन्वय गरेर बस संचालन गर्न आग्रह गरे । उनले मोबाइल ब्लड बसको सानो सहयोगले मानिसहरुको ज्यान जोगाउन ठूलो सहयोग हुने विश्वास व्यक्त गरे । विदेशमा सिकेको ज्ञान सिप र पूँजीलाई नेपालमा ल्याउन र नेपालको विकासको लागि लाग्ने प्रतिबद्धता उनले जनाए ।

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघको मधेश प्रदेशसंग आत्मिय सम्बन्ध रहेको बताए । संघको अभियानमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायत मधेश प्रदेशबाट विश्वका विभिन्न देशमा पुगेका नेपालीहरुको संस्थामा ठूलो योगदान रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा शुभारम्भ

  मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा

वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

काठमाडौँ। वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर

‘स्वास्थ्य बीमाको प्रिमियम बढाउने विषयमा बहस आवश्यक छ’

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले स्वास्थ्य बीमामा सुधार

नसर्ने रोगका प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ

  काठमाडौँ । सूर्ति तथा मदिराजन्य पदार्थको प्रयोग शरीरका लागि अति घातक रहेको