सिनेटको बैठकबाट बिपी प्रतिष्ठानको समस्या समाधान गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सिनेटको बैठक राखी समाधान गर्ने बताएका छन् । धरानबाट समस्या समाधानको माग गर्दै राजनीतिक दलको प्रतिनिधि मण्डल र स्वास्थ्यमन्त्री बस्नेतबीच मन्त्रालयमा छलफल भएको थियो ।

छलफलका क्रममा शिक्षक र कर्मचारी बढुवाका विषयमा तत्काल कार्यकारिणी समितिको बैठक बसी सञ्चालक परिषदमा पेस गर्ने प्रस्ताव तयार गर्ने र सञ्चालक परिषद्को विशेष बैठक बोलाउने सहमति भएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए ।

सिनेट बैठकले शिक्षक कर्मचारीको पदोन्नतिका माग संशोधन हुनेसमेत उनले बताए । स्वास्थ्यमन्त्री बस्नेतले बिपी प्रतिष्ठानको विषयमा आफू अत्यन्त गम्भीर भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, मुख्य सचिव बैकुण्ठ अर्यालसँग संयुक्त बैठक बसेको भन्दै मुख्य सचिवलाई माग सम्बोधन गर्न आवश्यक गृहकार्य गर्ने जिम्मेवारी दिइएकोसमेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा शुभारम्भ

  मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा

वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

काठमाडौँ। वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर

‘स्वास्थ्य बीमाको प्रिमियम बढाउने विषयमा बहस आवश्यक छ’

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले स्वास्थ्य बीमामा सुधार

नसर्ने रोगका प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ

  काठमाडौँ । सूर्ति तथा मदिराजन्य पदार्थको प्रयोग शरीरका लागि अति घातक रहेको