मेलम्ची स्वास्थ्य शिविरमा एक हजार तीन सय लाभान्वित



सिन्धुपाल्चोक । मेलम्चीमा शनिवार आयोजना गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रममा एक हजार तीन सय सात जना लाभान्वित भएका छन् ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरको आयोजनामा भएको शिविरमा पेटसम्बन्धी रोग, पिनास, मधुमेह, पञ्चकर्म, भिडियो एक्सरे, छालासम्बन्धी रोग, फिजियोथेरापीसहितका सेवा र निःशुल्क औषधि वितरण गरिएको थियो ।

शिविरको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद भरपर्दो उपचार पद्धति भएको बताए । उनले आयुर्वेद पद्धतिबाट उपचार गर्दा ‘साइड इफेक्ट’ नहुने र यो उपचार पद्धति भरपर्दो भएको बताए ।

आयुर्वेद उपचार पद्धति हाम्रो मौलिक उपचार पद्धति भएको बताउँदै मन्त्री बस्नेतले यसको विकासका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले योजनाअनुसार काम गरिरहेको उल्लेख गरे। उनले भने, ‘आयुर्वेदको विकास गर्न सके धेरै रोगबाट मुक्त हुन सकिन्छ ।’

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा रामआधार यादवले धेरैजसो रोगको उपचार आयुर्वेद पद्धतिको माध्यमबाट गर्न सकिने भए पनि त्यसको महत्त्व बुझ्न र बुझाउन नसक्दा समस्या भएको बताए ।

पेटसम्बन्धी समस्याका कारण धेरैजसो रोग लाग्ने गरेको बताउँदै डा. यादवले आयुर्वेद पद्धतिबाट हुने उपचारले पेटसम्बन्धी रोग निको हुने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लहानमा दुई अर्बको लागतमा सुविधासम्पन्न अस्पताल बनाइने

सिरहा। लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल

हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा शुभारम्भ

  मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा

वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

काठमाडौँ। वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर

‘स्वास्थ्य बीमाको प्रिमियम बढाउने विषयमा बहस आवश्यक छ’

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले स्वास्थ्य बीमामा सुधार