गाउँमै स्वास्थ्य केन्द्र खुलेपछि स्थानीयवासी दङ्ग



भोजपुर । वर्षौँदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका टेम्केमैयुङ–५ चोलन्ती र मझौलेवासीले सहजरूपमा स्वास्थ्य सेवा पाएका छन् । गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवाका लागि तीनदेखि चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट पनि उनीहरू मुक्त भएका छन् । ।

सिटामोल र जीवनजल किन्न चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट मुक्त भएकामा स्थानीयवासी टङ्कबहादुर विष्ट दङ्ग छन् । दुई गाउँका स्थानीयलाई लक्षित गरी यहाँ अस्थायी आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनले सेवाग्राही लाभान्वित भएका उनी बताउँछन् । केन्द्र स्थापनाले सामान्य रुघाखोकीको औषधि लिनका लागि घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको विष्टले जानकारी दिए ।

“वर्षाैँदेखि हामीले सामान्य स्वास्थ्य सेवा लिन समस्या झेल्दै आएका थियौँ”, उनले भने, “अहिले गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि सहज भएको छ । स्वास्थ्य केन्द्र नहुँदा हामीलाई धेरै दुःख थियो ।” विगतका दिनमा यहाँका नागरिकले वडा कार्यालय खावासँगै अन्य स्थानमा स्वास्थ्य सेवाका लागि जानुपर्ने अवस्था थियो ।

नागरिकले भोगेको समस्यालाई ध्यानमा राख्दै मझौले र चोलन्तीलाई लक्षित गरेर अस्थायी आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । गाउँपालिकाका अन्य विकट क्षेत्रमा पनि स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा प्रवाह थालिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्यमन्त्रीद्वारा ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका’ स्वीकृत

काठमाडौं । एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी आवश्यक पर्ने सबै स्वास्थ्य संस्थाले

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

झापा । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र

झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी

झापा । झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका बिरामी फेला परेका छन् ।

चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध

काठमाडौँ। चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ ।