चितवनमा २०७ स्वयंसेविकालाई सम्मान



चितवन । चितवनको भरतपुर महानगरपालिका क्षेत्रभित्र कार्यरत दुई सय सात स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ। २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा महानगरभित्रका दुई सय सात स्वयंसेविकालाई नगदसहित सम्मान गरिएको हो।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वंसेविकालाई सम्मान गरे। प्रदेश सरकारले प्रदेशभरि नै कार्यरत स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत महानगरका स्वयंसेविकालाई सम्मान गरिएको जानकारी उनले दिए।

बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवाल र ईश्वर सापकोटाले स्वयंसेविकाले उठाएको जायज मागलाई राज्यले संवेदनशील भएर सम्बोधन गर्नुपर्ने बताए।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले हरेक वर्ष ६० वर्ष नाघेका स्वयंसेविकालाई नगद रु ५० हजारसहित सम्मान गर्ने गरेको जानकारी दिइन्।

कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती, भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख शान्ताकुमारी पौडेल, भरतपुर महानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख दीपक सुवेदी, स्वयंसेविकाको तर्फबाट सुभद्रा श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा प्रदेश सरकारले प्रदेशभरिका एक सय १९ वटा स्थानीय तहका चार सय ६१ स्वयंसेविकालाई सम्मान पनि गरेको थियो। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बनाउने प्रयास

  काठमाडौँ । सरकारले स्वदेशमा नै उत्पादन भएका औषधि खरिद गर्नुपर्नेमा जोड दिइएको

महानगरपालिकाद्वारा तीन अस्पतालको फोहोर संकलनमा रोक

काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा आइतबार तीन

औषधि व्यवस्था विभागद्वारा दुई कम्पनीका न्यून गुणस्तरका औषधि बिक्रीमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तरका औषधि बिक्री वितरणमा रोक लगाएको छ

महानगरमा संचालित ११८ वटा औषधि पसलले आधारभूत मापदण्ड पालना नगरेको फेला

  काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिएका ११८ वटा औषधि पसल अनुगमन