फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग



धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित फार्मेसीमा कार्यरत कर्मचारीलाई अस्पताल मातहतमा ल्याई सेवा सुविधा उपलब्ध गराउन माग गरिएको छ । नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेश कार्य समितिले यस्तो माग गर्दै प्रतिष्ठानका उपकुलपतिलाई ध्यानाकर्षण गराएको हो ।

एसोसिएसनले आइतबार दिउँसो प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीलाई तीन बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा हाल प्रतिष्ठानको फार्मेसीमा कार्यरत फार्मेसी सहायकहरू टेन्डरमार्फत बाह्य कम्पनीबाट काम गराइएकाले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ अस्पतालकै मातहत ल्याउनुपर्ने माग गरिएको छ ।

त्यस्तै निर्देशिका र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रअनुसार फार्मेसी सञ्चालन गरिनुपर्ने र अस्पतालमा अतिआवश्यक औषधि र प्रविधिजन्य स्वास्थ्यसामग्री उपलब्धता नहुने भएकाले बिरामीले दुःख भोगिरहेको हुँदा यस्ता औषधि र स्वास्थ्यसामग्री शीघ्र उपलब्ध गराउन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के हुन सक्छन् मानसिक रोगका कारण ?

-डा. निराकारमान श्रेष्ठ हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए

नसर्ने रोगका विरामीको पहिचान गर्दै ‘पौवादुङमा’

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले समाजमा लुकेर रहेका नसर्ने दीर्घरोगीको खोजी थालेको छ

लहानमा दुई अर्बको लागतमा सुविधासम्पन्न अस्पताल बनाइने

सिरहा। लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल

हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा शुभारम्भ

  मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा