संखुवासभामा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार नाघ्यो



संखुवासभा । पूर्वी हिमाली जिल्ला सङ्खुवासभामा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार सात सय पुगेछ । सङ्क्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चासो राखेको छ ।

महाशाखाले सङ्खुवासभाका १० स्थानीय तहका प्रमुख, उपप्रमुख र स्वास्थ्य प्रमुखलाई सदरमुकाम खाँदबारीमा भेला पारेर डेङ्गु सङ्क्रमण नियन्त्रण र रोकथामका बारेमा जानकारी लिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले विद्यालयमा बालबालिकालाई डेङ्गुका बारेमा जनचेतना दिन, स्कूल हेल्थ नर्स कार्यक्रमलाई सक्रिय बनाउन, डेङ्गु नियन्त्रण र रोगथामका लागि स्वयंसेवक परिचालन गर्न, स्थनीय तह र स्वास्थ्य संस्थामार्फत खोज र नष्ट अभियानलाई तीव्रता दिन निर्देशन दिएको बताए ।

साउन र भदौ महिनामा मात्रै डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार सात सय १० पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार सङ्खुवासभाका भोटखोला र चिचिला गाउँपालिकामा सङ्क्रमित देखिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के हुन सक्छन् मानसिक रोगका कारण ?

-डा. निराकारमान श्रेष्ठ हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए

नसर्ने रोगका विरामीको पहिचान गर्दै ‘पौवादुङमा’

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले समाजमा लुकेर रहेका नसर्ने दीर्घरोगीको खोजी थालेको छ

लहानमा दुई अर्बको लागतमा सुविधासम्पन्न अस्पताल बनाइने

सिरहा। लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल

हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा शुभारम्भ

  मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा