चिकित्सक संघले भूकम्प प्रभावित क्षेत्रमा थप जनशक्ति पठाउने



काठमाडौँ । नेपाल चिकित्सक सङ्घले प्रकोपको समयमा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउन सङ्घ तयार रहेको बताएको छ ।

सङ्घले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गए राति गएको भूकम्पबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गर्दै विपत्मा परेका नागरिकको तत्काल उद्धार गरी घाइतेको उपचारमा संलग्न हुनका लागि दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकलाई भूकम्पबाट प्रभावित जिल्लामा खटाइ सकिएको पनि जानकारी दिएको छ ।

“भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोट बारेकोट गाउँपालिका र अन्य विकट क्षेत्रमा भएको जनधनको क्षतिले नेपाल चिकित्सक सङ्घ स्तब्ध भएको छ”, सङ्घको विज्ञप्तिमा भनिएको छ, “राज्यलाई आवश्यक परेको अवस्थामा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउने गरी तयारी अवस्थामा रहन नेपाल चिकित्सक सङ्घ भेरी शाखा, दाङ शाखा, जुम्ला शाखा र सुर्खेत शाखासँग नियमित सम्पर्क भइरहेको र सोहीअनुरुपको व्यवस्था गर्न शाखा कार्यालयलाई परिचालित गरिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के हुन सक्छन् मानसिक रोगका कारण ?

-डा. निराकारमान श्रेष्ठ हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए

नसर्ने रोगका विरामीको पहिचान गर्दै ‘पौवादुङमा’

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले समाजमा लुकेर रहेका नसर्ने दीर्घरोगीको खोजी थालेको छ

लहानमा दुई अर्बको लागतमा सुविधासम्पन्न अस्पताल बनाइने

सिरहा। लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल

हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा शुभारम्भ

  मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा