न्याम्समा नर्स र पारामेडिक्सका ६३ दरबन्दी थप



काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा नर्स र पारामेडिक्सका गरी ६३ वटा दरबन्दी थप गरिएको छ । आइतबार सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको सिनेट बैठकले ६३ दरबन्दी थप गरी तत्काल करारमा कर्मचारी राख्ने निर्णय गरेको हो ।

केही फार्मेसी सहायक, ३० जना स्टाफ नर्स, इलेक्ट्रिसियन चार, प्लम्बर छ जना, चालक, सहायक गरी १० जनाको दरबन्दी पनि स्वीकृत गरेको छ । न्याम्समा तीन जना सिनेट सदस्य थपिनुका साथै तीन जनालाई प्राज्ञिक परिषदमा नियुक्त गरिएको जनाइएको छ ।

बैठकले नाक, कान, घाँटीतर्फ स्पीच थेरापीका लागि एक जना अडियोलोजिष्ट, रेडियोग्राफर (एक्सरे गर्ने) पाँच, एनेस्थेसिया सहायक पाँच, ल्याब टेक्निसियन (पाँचौँ तह) पाँच जनाको दरबन्दी स्वीकृत गरेको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्लाहीको मलंगवाका १५ वटा स्वास्थ्य संस्था बन्द गर्न सरकारको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन

सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला

स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

धनुषा। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

के हुन सक्छन् मानसिक रोगका कारण ?

-डा. निराकारमान श्रेष्ठ हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए