हेटौँडा अस्पतालमा २५ शैय्याको मनोचिकित्सा वार्ड संचालन हुने



मकवानपुर । मकवानपुरको हेटौँडा अस्पतालमा उपचारका लागि २५ शैय्यासहित मनोचिकित्सा वार्ड सञ्चालन हुने भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गरी विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा हेटौँडा अस्पतालमा मङ्गलबार २५ शैय्याको मनोचिकित्सा वार्डसहित ओपिडी सेवा सुरुवात हुने जनाएको छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा सुरेन्द्र शेरचनले तीन चिकित्सक सम्मिलित टोलीले उपचार गर्ने जानकारी दिए । अस्पतालमा सेवा पुनःसञ्चालनपछि प्रतिष्ठानले मकवानपुरका सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई मनोसामाजिक, मानसिक स्वास्थ्य सम्बन्धी तालिम प्रदान गर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका डिन दुर्गा मिश्र खड्का, स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा खगेन्द्र गेलाल, शिक्षाध्यक्ष डा सुरेन्द्र शेरचन, अस्पतालका रजिष्ट्रार राजेश प्रसाईं, मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटालगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के हुन सक्छन् मानसिक रोगका कारण ?

-डा. निराकारमान श्रेष्ठ हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए

नसर्ने रोगका विरामीको पहिचान गर्दै ‘पौवादुङमा’

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले समाजमा लुकेर रहेका नसर्ने दीर्घरोगीको खोजी थालेको छ

लहानमा दुई अर्बको लागतमा सुविधासम्पन्न अस्पताल बनाइने

सिरहा। लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल

हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा शुभारम्भ

  मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा