मलेरियाविरूद्धको उपचारका लागि दोस्रो खोप सिफारिस



विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको बालबालिकाका लागि मलेरियाको आर–२१/म्याट्रिक्स–एम नामक दोस्रो खोप आर–२१/म्याट्रिक्स–एम को सिफारिस गरेको जनाएको छ ।

आर २१/म्याट्रिक्स–एम खोप सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो र बुर्किना फासो, घाना र नाइजेरियामा प्रयोगका लागि अनुमति दिइसकिएको छ ।

“मलेरिया अनुसन्धानकर्ताको रूपमा, म त्यो दिनको सपना देख्थें जुन दिन हामीसँग मलेरिया विरुद्ध सुरक्षित र प्रभावकारी खोप हुनेछ । अहिले हामीसँग दुई विकल्प प्राप्त भएका छन्,” डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले भने ।

सन् २०२१ मा बेलायती औषधि कम्पनी जीएसकेले उत्पादन गरेको आरटीएस एस खोप मध्यमदेखि उच्च औलो सङ्क्रमण भएका क्षेत्रका बालबालिकामा औलो रोकथामका लागि डब्लुएचओले सिफारिस गरेको पहिलो खोप बनेको थियो ।

डब्लुएचओका अफ्रिकाका लागि क्षेत्रीय निर्देशक डा. मात्शिडिसो मोएतीले नयाँ खोपले माग र आपूर्तिको ठूलो खाडललाई कम गर्न मद्दत पुर्याएर महाद्वीपका लागि ठूलो सम्भावना बोकेको बताए ।

उनले भने, “यी दुई खोपले औलो रोकथाम र नियन्त्रण प्रयासलाई मजबुत बनाउन र अफ्रिकाका लाखौं युवाको जीवनलाई यस घातक रोगबाट बचाउन मद्दत गर्न सक्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली आक्रमणबाट वेस्ट बैङ्कमा ५० जना प्यालेस्टाइनी लडाकुको मृत्यु

जेरुसेलम । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले १५ दिन अघि उत्तरी वेस्ट बैङ्कमा

जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत

ओस्लो। शून्य उत्सर्जन सवारी साधनहरू मात्र बेच्ने यो बर्षको लक्ष्य नजिक जनवरीमा नर्वेमा

विपी क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि स्थानीय लाभान्वित

चितवन । चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार बम विस्फोटमा परी