पाल्पाका दुई स्वास्थ्य चौकीलाई एम्बुलेन्स



पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले नागरिकको सुविधाका लागि दुई वटा एम्बुलेन्स खरिद गरी स्थानीय स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ ।

नगरपालिकाको केन्द्रदेखि टाढा रहेको वडा नं १ स्थित गाडाँकोट स्वास्थ्यचौकी र वडा नं १० स्थित गेझा स्वास्थ्यचौकीलाई एक/एकवटा एम्बुलेन्स नगरप्रमुख रमणबहादुर थापाले सोमबार सम्बन्धित वडाध्यक्ष र स्वास्थ्यचौकीप्रमुखलाई हस्तान्तरण गरे ।

नगरपालिकाभित्रका कुनैपनि नागरिक एम्बुलेन्सको अभावमा उपचारबाट वञ्चित हुन नपरोस् र सबै नगरवासीलाई आधारभूत स्वास्थ्य सेवाउपलब्ध गराउन सकियोस भनेर एम्बुलेन्स बिस्तार गरिएको उनको भनाइ थियो

नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा सबै नगरवासीमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने, गरिव तथा विपन्न परिवारका नागरिकलाई निःशुल्क स्वास्थ्य बिमालगायत स्वास्थ्यकार्यक्रम समावेश गरी सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

धनुषा। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

के हुन सक्छन् मानसिक रोगका कारण ?

-डा. निराकारमान श्रेष्ठ हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए

नसर्ने रोगका विरामीको पहिचान गर्दै ‘पौवादुङमा’

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले समाजमा लुकेर रहेका नसर्ने दीर्घरोगीको खोजी थालेको छ

लहानमा दुई अर्बको लागतमा सुविधासम्पन्न अस्पताल बनाइने

सिरहा। लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल