दरबन्दी कटौती हुँदा फिजियोथेरापी सेवा बन्द



 

भक्तपुर । भक्तपुरको आयुर्वेदिक स्वास्थ्य केन्द्रमा कर्मचारीको दरबन्दी बटौती हुँदा  फिजियोथेरापी सेवा बन्द भएको छ । यसअघि करारमा सेवा गर्दै आएका फिजियोथेरापिष्टको दरबन्दी बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ मा कटौती गरेपछि सेवा बन्द भएको हो । यसले केन्द्रमा उपचारका लागि बिरामीलाई असुविधा भएको छ ।

केन्द्रले सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्दै आएको छ । औषधीसमेत निःशुल्क वितरण गर्दै आएको केन्द्रले फिजियोथेरापी र अकुपञ्चर सेवासमेत निःशुल्क प्रदान गर्दै आइरहेको जनाएको छ । निःशुल्क सेवाभित्र नपरेका औषधीसमेत आफ्नै फार्मेसीमार्फत सहुलियत दरमा बिक्री वितरण गर्दै आएको केन्द्रका प्रमुख रहेका डा नरेन्द्रप्रसाद गिरीले बताए ।

गत वर्ष फिजियोथेरापिष्टले कारारमा रही सेवा दिँदै आएकामा यस वर्ष उक्त दरबन्दी काटिएपछि सेवा पुनः सञ्चालन गर्न नसकिएको उनले बताए । “तलबका लागि बजेट छ ।

तर मन्त्रालयले यस वर्षको दरबन्दीमा फिजियोथेरापिष्टको दरबन्दी कटौती गरेकाले हाल सेवा पुनः सञ्चालन गर्न सकिएको छैन,” प्रमुख गिरीले भने । उनले मन्त्रालयमा यस बारेमा जानकारी गराएर दरबन्दीका लागि ताकेता गरिरहेको जानकारी दिए ।

केन्द्रमा गत आवदेखि फिजियोथेरापी र अकुपञ्चर सेवा सुरु भएको थियो । ती सेवाका कारण आयुर्वेदिक उपचार पद्धति र केन्द्रको सेवामा स्थानीयको आकर्षण बढेको थियो । सोही कारण केन्द्रमा दैनिक एक सयभन्दा बढी सेवाग्राहीको चाप हुने गरेको प्रमुख गिरीले बताए ।

उनका अनुसार आव २०७८/७९ मा केन्द्रबाट १४ हजार एक सय ४० जनाले सेवा लिएका भने आव २०७९/८० मा १९ हजार आठ सय ८० ले सेवा लिएका थिए । फिजियोथेरापी सेवा सुरु भएको छोटो समयमा करिब एक हजार जनाले सेवा लिइसकेका उनले जानकारी  दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

धनुषा। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

के हुन सक्छन् मानसिक रोगका कारण ?

-डा. निराकारमान श्रेष्ठ हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए

नसर्ने रोगका विरामीको पहिचान गर्दै ‘पौवादुङमा’

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले समाजमा लुकेर रहेका नसर्ने दीर्घरोगीको खोजी थालेको छ

लहानमा दुई अर्बको लागतमा सुविधासम्पन्न अस्पताल बनाइने

सिरहा। लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल