चिकित्सक अभावमा मुस्ताङ जिल्ला अस्पतालमा शल्यक्रिया सेवा बन्द



 

म्याग्दी । जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पतालमा चिकित्सक अभावका कारण शल्यक्रिया सेवा बन्द भएको छ । शल्यक्रिया सेवा दिँदै आएका चिकित्सकको अन्यत्र सरुवा भएर गएका र अर्का चिकित्सक नआएकाले एक हप्तायता जोमसोम अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको हो ।

जटिल अवस्थाका गर्भवतीलाई बेनी, बागलुुङ र पोखरा पुग्नुपर्ने अवस्था सिर्जना भएको हो । अस्पतालमा आठ महिनादेखि कार्यरत चिकित्सक डा मुुखिया घले सरुवा भएर गएपछि चिकित्सक अभावमा शल्यक्रिया सेवा उपलब्ध गराउन नसकिएको अस्पतालका सूचना अधिकारी एकराज बस्नेतले जानकारी  दिए ।

“भौगोलिक विकटताका कारण मुस्ताङमा दक्ष र अनुभव प्राप्त चिकित्सक आउनै नमान्ने र आएपछि छिट्टै सरुवा भएर अन्य जाने समस्याले सेवा प्रभावित भएको छ,” उनले भने, “शल्यक्रिया सेवाको निरन्तरताका लागि जनशक्तिको स्थिरता आवश्यक छ ।”

स्थापनाको ४८ वर्षपछि शल्यक्रिया सेवा सुरु गरेको मुस्ताङ अस्पतालले गत वर्ष छ जनालाई शल्यक्रियामार्फत प्रसूति सेवा दिएको थियो । यसैगरी बिग्रिएको उपकरण मर्मत नहुँदा २५ शय्या क्षमताको मुस्ताङ अस्पतालको भिडियो एक्स–रे सेवा पनि बन्द भएको छ ।

जनशक्ति र पूर्वाधार भने १५ शय्या बराबरको रहेको छ । मुस्ताङ अस्पतालमा नवौँ तहका एकजना चिकित्सकको नेतृत्वमा विभिन्न तहका १८ जना जनशक्तिको दरबन्दी छ । एक चिकित्सक, एक अनमी र ६ जना कार्यालय सहयोगीको पदपूर्ति भएको छैन ।

जनशक्ति अभावमा प्रयोगशाला, भिडियो एक्स–रे, आकस्मिक, फार्मेसी सेवा प्रभावित बनेको छ । सूचना अधिकारी बस्नेतका अनुसार सबै सेवालाई नियमित सञ्चालन गर्न न्यूनतम २० जना जनशक्ति आवश्यक छ । चिकित्सक र अन्य जनशक्ति जति सक्दो छिटो पठाउनका लागि गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालयमा अनुरोध गरिएको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्लाहीको मलंगवाका १५ वटा स्वास्थ्य संस्था बन्द गर्न सरकारको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन

सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला

स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

धनुषा। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

के हुन सक्छन् मानसिक रोगका कारण ?

-डा. निराकारमान श्रेष्ठ हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए