हुम्लाको सिमकोटमा अक्सिजन उत्पादन केन्द्र स्थापना



 

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ ।

प्रदेश सरकारको लागतमा स्थापना गरिएको उक्त केन्द्रबाट अस्पतालका सबै शय्यामा अक्सिजन पाइप जडान गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए । पाइपबाट शय्यासम्ममै अक्सिजन आपूर्ति हुन थालेपछि श्वासप्रश्वास, सघन उपचार कक्षमा राख्नुपर्ने, दमलगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको उनको भनाइ थियो ।

उक्त केन्द्र स्थापना भएपछि अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न जिल्ला बाहिर नेपालगञ्ज वा सुर्खेत पठाउनुपर्ने बाध्यता अन्त हुनाका साथै समय र खर्चको बचत भएको छ । अक्सिजन प्लान्टले एक दिनमा १२ वटासम्म सिलिण्डरमा अक्सिजन भर्नसक्छ । एकपटकमा तीन वटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ ।

आइपुग्यो एम्बुलेन्स 
भारत सरकारले एक वर्ष अगाडि सहयोग गरेको एम्बुलेन्स जिल्ला अस्पताल हुम्लामा पुगेको छ । उक्त एम्बुलेन्स भारत सरकारले जिल्ला अस्पताललाई अनुदानमा उपलब्ध गराएको हो । काठमाडौँबाट केरुङ, हिल्सा हुँदै सदरमुकाममा रहेको जिल्ला अस्पतालमा सो एम्बुलेन्स ल्याइएको थियो ।

एम्बुलेन्स आइपुगेपछि स्थानीयवासी खुसी भएका छन् । अब सेवाग्राहीले पैदल तथा डोको पिठ्युँ, स्टेचरमा बोकेर उपचारका लागि अस्पतालसम्म पुर्याउनुपर्ने दिन हटेको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापन समितिका अध्यक्ष दीपक भण्डारीले बताए ।

नेपाली कांग्रेसका पूर्वजिल्लासभापति जयपति रोकायाले काठमाडौँबाट सिमकोटसम्म एम्बुलेनस ल्याउन पहल गर्नुभएको थियो । एम्बुलेन्स जिल्ला अस्पतालसम्म आइपुग्न सात लाख ढुवानी खर्च लागेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपी क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि स्थानीय लाभान्वित

चितवन । चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि

स्वास्थ्यमन्त्रीद्वारा ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका’ स्वीकृत

काठमाडौं । एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी आवश्यक पर्ने सबै स्वास्थ्य संस्थाले

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

झापा । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र

झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी

झापा । झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका बिरामी फेला परेका छन् ।