काठमाडौंमा कोभिडविरुद्धको ‘बुस्टर डोज’ सञ्चालन



काठमाडौँ । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।  स्वास्थ्य कार्यालयका सूचना अधिकारी अञ्जना खड्काले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउन बाँकी रहेकालाई अभियान सञ्चालन गरिएको जानकारी दिइन् ।

यही भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राका साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज लगाइनेछ । उनले बुस्टर डोज लगाउन छुटेकाका लागि पनि पहिलो बुस्टर डोज दिइने बताइन् । उनले दोस्रो बुस्टर कम भएकाले लगाउने सङ्ख्या कम भएकाले पनि अभियान सञ्चालन गर्नुपरेको बताइन् ।

सूचना अधिकारी खड्काले बुस्टर डोज लगाउन छुट भएकालाई लगाउन आग्रह गरिन् । प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, नगर अस्पताल र सरकारी तथा गैरसरकारी अस्पतालमा खोप लगाइनेछ ।

यसअघि नियमितरूपमा कार्यालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताललगायत अस्पतालबाट खोप उपलब्ध गराउँदै आएको थियो ।

अहिले कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै घटेको छ । शून्य सङ्ख्यामा समेत सङ्क्रमण घटेको पाइएको छ । भदौ ५ गते एक सय ६१ जनामा गरिएको परीक्षणमा तीन जनामा सङ्क्रमण देखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्लाहीको मलंगवाका १५ वटा स्वास्थ्य संस्था बन्द गर्न सरकारको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन

सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला

स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

धनुषा। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

के हुन सक्छन् मानसिक रोगका कारण ?

-डा. निराकारमान श्रेष्ठ हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए