उपचार गरिरहेको भिडियो बिरामीको मञ्जुरीबिना समाजिक सञ्जालमा नराख्न काउन्सिलको आग्रह



काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भने, “कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लिखित विवरण मात्र राख्न पाइने छ ।

‘नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ मा चिकित्सकका लागि समाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम उपयोगबारे व्यवस्था गरिएको छ । रजिष्ट्रार डा अधिकारीले भने, ‘चिकित्सकले पेसागत मर्यादा विपरीतका अभिव्यक्ति सम्प्रेषण गर्नु हुँदैन ।’

नियमावली विपरित भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरोलगायत निकायबाट कारबाही हुनसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको

१० देखि १४ वर्षका किशोरीलाई निःशुल्क क्यान्सरविरुद्धको खोप दिइँदै

काठमाडौँ । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर