वीर अस्पतालमा सुविधासहितको विशिष्ट कक्ष संचालन



 

काठमाडौं । वीर अस्पतालले थप शैय्या र सुविधासहित विशिष्ट कक्ष सञ्चालन गरेको छ । नयाँ सर्जिकल भवनमा तीन शैय्या थप गरेर सुविधा सम्पन्न कक्ष सञ्चालनमा ल्याइएको हो ।

अस्पतलाका निर्देशक डा सन्तोष पौडेलका अनुसार उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतीक्षालयसहितको सुविधा छ । वीर अस्पतालको पुरानो भवनमा पहिलादेखि नै विशिष्ट व्यक्ति र अति विशिष्ट व्यक्तिका लागि दुई शैय्या छुट्याइएको थियो ।

वीर अस्पतालमा सञ्चालनमा आएको  विशिष्ट र अतिविशिष्ट कक्षको मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अवलोकन गरे । सो अवसरमा मन्त्री बस्नेतले सबै प्रकारका स्वास्थ्य उपचार देशभित्रै गर्नका लागि वीर अस्पतालमा शैय्या थप गरिएको बताए ।

उनले भने, “वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र निजी क्षेत्रका गरी १५ सदस्यीय विशेषज्ञ चिकित्सकको टोली बनाएका छौँ । त्यही टोलीले उपचार गर्छ । उपचारका लागि कोही पनि विदेश जानु पर्दैन ।”

अस्पतालको सेवा प्रवाह थप राम्रो बनाउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीरका पदाधिकारीलाई मन्त्री बस्नेतले निर्देशन दिए ।

न्याम्सका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठन भएको विशिष्ट र अतिविशिष्ट उपचार विशेषज्ञ समितिमा डा किरण श्रेष्ठ, डा धु्रव गैरे, डा रविराम श्रेष्ठ, डा शैली प्रधान, डा भगवान कोइराला, डा पुकारचन्द्र श्रेष्ठ, डा महेश अधिकारी, डा सुभाष आचार्य, डा सुन्दुक रुइत, डा शशी शर्मा, डा रत्न गजुरेल, डा भोला रिजाल, डा मनबहादुर केसी र डा रमेश चोखानी छन् ।

उपकुलपति डा बस्नेतले यसअघि पनि भिआइपी र भिभिआइपी उपचारका लागि बहिरङ्ग सेवा लिन आए पनि केही समययता भर्ना नभएको बताए । उनले अस्पताल सुविधा सम्पन्न बनाएसँगै  उपचारका लागि विशिष्ट र अतिविशिष्ट व्यक्ति आउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको

१० देखि १४ वर्षका किशोरीलाई निःशुल्क क्यान्सरविरुद्धको खोप दिइँदै

काठमाडौँ । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर