कैलाली पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा



कैलाली । कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कैलालीलाई बुधबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका १३ वटै स्थानीय तहका एक सय २६ वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्र पाउनुपर्ने सबै खोप सबै बालबालिकाले पूर्णरुपमा प्राप्त गरेको सुनिश्चितता भएपछि कैलालीलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । उनले कैलालीलाई सर्वप्रथम २०७४ मङ्सिर २६ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएकोमा २०७८ वैशाख मसान्तमा जिल्लाका १० स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको बताए ।

यसैगरी, २०७९ असार ३१ गते पूर्ण खोप सुनिश्चित घोषणा गरिएकोमा यो वर्ष असार २६ सम्म सबै पालिका र बुधबार जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको निमित्त प्रमुख धामीले जानकारी दिए ।

नेपाल सरकारले १३ वटा सरुवा रोग क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाइटिस र रोटा भाइरसबाट हुने पखाला र टाइफाइड रोगविरुद्ध तथा गर्भवती महिलाका लागि टिटी खोप लगाउने गरेको जनाइएको छ ।

कैलालीमा तीन सय ४७ खोपकेन्द्र, तीन सय ८१ खोप सेसा, चार वटा प्राथमिक स्वास्थ्य केन्द्र, ३६ वटा स्वास्थ्यचौकी, ८५ वटा आधारभूत स्वास्थ्य केन्द्र, १२ वटा सामुदायिक स्वास्थ्य एकाइ, एक हजार दुई सय ६१ महिला स्वास्थ्य स्वयंसेविका रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको

१० देखि १४ वर्षका किशोरीलाई निःशुल्क क्यान्सरविरुद्धको खोप दिइँदै

काठमाडौँ । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर