नारायणी अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु हुने



वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको विशेष पहलमा नारायणी अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु हुने भएको हो ।

अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु गर्ने विषयमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक वरिष्ठ मिर्गाैला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठसहितको टोलीसँग छलफल गर्दै नारायणी अस्पतालमै यस्तो सेवा सुरु गर्ने सहमति भएको छ ।

वीरगञ्ज महानगरपालिका कार्यालयमा भएको छलफलमा नगर प्रमुख सिंहले मिर्गाैला प्रत्यारोपण सेवा सुरु गर्न सबै प्रकारको भौतिक संरचनासहितको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । वीरगञ्जसहित मधेस प्रदेशको मिर्गाैला बिग्रिएको र डायलासिसमा रहेका बिरामीलाई प्रत्यारोपण गराउन हरसम्भव सहयोग गर्ने प्रमुख सिंहले बताए ।

नारायणी अस्पतालमा सङ्क्रमण नहुने गरी शल्यक्रिया कक्ष बन्न सुरु भएपछि यहाँ आवश्यक जनशक्तिलाई सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा तालीम दिने र राष्ट्रिय प्रत्यारोपण केन्द्रको चिकित्सकसहितको समूहले मिर्गाैलाको प्रत्यारोपण सुरु गर्ने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा श्रेष्ठले बताए ।

नारायणी अस्पतालको निरीक्षण आफूले गरेको र सबै मिलेर लागे केही महिनाभित्रमा नै मिर्गाैला प्रत्यारोपण हुन सक्ने निर्देशक डा श्रेष्ठको भनाइ छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरञ्जन साहले मिर्गाैला प्रत्यारोपण केन्द्रको सहकार्यमा चाँडै मिर्गाैला प्रत्यारोपण सेवा सुरु गराउन आफूहरूले तयारी गरेको बताए ।

वरिष्ठ उद्योगपति तथा समाजसेवी अशोक वैद्यले नारायणी अस्पतालको भौतिक संरचना र सेवामा स्थानीय उद्योगी व्यवसायीले सहयोग गर्दै आएको र मिर्गाैला प्रत्यारोपणका लागि पनि सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको