दार्चुलामा हेलिकप्टरबाट सुत्केरीको उद्धार



खलंगा । दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्याइएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी २७ वर्षीया पुष्पा महरालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

आइतबार गाउँकै स्वाथ्यचौकीमा महराले बच्चा जन्माएकी थिइन् । सात महिनामै जन्मेको बच्चाको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार आमा र बच्चालाई जिल्ला अस्पतालमा ल्याइएको थियो ।

यहाँ पनि उपचार सम्भव नभएकाले अन्यत्र पठाउनु परेको उक्त अस्पतालले जनाएको छ । बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार