दार्चुलामा हेलिकप्टरबाट सुत्केरीको उद्धार



खलंगा । दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्याइएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी २७ वर्षीया पुष्पा महरालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

आइतबार गाउँकै स्वाथ्यचौकीमा महराले बच्चा जन्माएकी थिइन् । सात महिनामै जन्मेको बच्चाको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार आमा र बच्चालाई जिल्ला अस्पतालमा ल्याइएको थियो ।

यहाँ पनि उपचार सम्भव नभएकाले अन्यत्र पठाउनु परेको उक्त अस्पतालले जनाएको छ । बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुष्ठरोगीको उपचारका लागि हरियोखर्क अस्पतालमा ‘आइलिन एण्ड बेट्टी’ सेन्टर

पोखरा । इन्टरनेशनल नेपाल फेलोसिप (आइएनएफ)ले पोखराको नयाँगाउँस्थित हरियोखर्क अस्पतालमा आइलिन एण्ड बेट्टी

भुल्केको सर्पदंश उपचार केन्द्रलाई कोशी प्रदेशको सहयोग

उदयपुर । कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित विभिन्न

आँखाको नानीमा नेपाल आत्मनिर्भर

  काठमाडौं । आँखा दान गर्नेको सङ्ख्या बढेसँगै  आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको

सिकलसेलका बिरामीको निःशुल्क बीमा गरिने

नेपालगंज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा सिकलसेल एनिमियाका बिरामीको निःशुल्क बीमा गरिने भएको छ