स्वास्थ्य बिमाको उपचार सरल बनाउनुपर्छः स्वास्थ्यमन्त्री बस्नेत



काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमको उपचार पद्धति सरल बनाउनुपर्ने बताएका छन् ।

बुधबार मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन प्रभावकारी बनाएर उपचार पद्धति सरल बनाइने बताए ।

“स्वास्थ्य बिमा कार्यक्रममा एकरूपता पनि भएन”, उनले भने, “जुन ढङ्गले बिमा कार्यक्रम लागू हुनुपर्ने हो, त्यो भएन । अब बिमा कार्यक्रमलाई प्रभावकारीरूपमा कसरी कार्यन्वयन गर्ने भन्नेमा सम्बन्धित पक्षसँग कुरा गरिरहेको छु ।”

मन्त्री बस्नेतले राज्य स्वास्थ्य क्षेत्रमा लगानी गरेअनुसार प्रतिफल नपाएकोसमेत बताए । स्वास्थ्य मन्त्रालयले आफ्नो काममा सुधार गर्नुपर्ने उनको भनाइ थियो । उनले मन्त्रालयमा काम गर्ने कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था गरेर सुधार गर्ने बताए ।

मन्त्री बस्नेतले स्वास्थ्य नीति राम्रो बनाउन सके दातृ निकायले पनि लगानी गर्ने बताए । “स्वास्थ्य नीति राम्रो बनाउन सक्ने हो भने दातृ निकाय स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार रहेका छन्”, उनले भने, “हामीले स्वास्थ्य नीति बनाएर वैदेशिक सहयोग भित्र्याउनुपर्दछ ।”

उनले सुर्तीजन्य पदार्थमा कर थोरै भएकाले बढाउन पहल गर्ने बताए । “सुर्तीजन्य पदार्थको कर अत्यन्तै कम छ । कर बढाउँदा सुर्तीजन्य पदार्थ नखाएपछि स्वास्थ्य जोगिन्छ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको