एक हप्ताभित्र पुराना उपकरणको अवस्थाबारे जानकारी गराउन स्वास्थ्यमन्त्रीको निर्देशन



 

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पुरानो उपकरण बनाएर प्रयोग गरेर मात्र नयाँ उपकरण किन्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा आइतबार कर्मचारीलाई निर्देशन दिँदै उनले पुराना उपकरण बनाएर मात्र नयाँ उपकरण किन्न निर्देशन दिए । “उपकरण खरिद गरिएर राखिएका मात्र छन् । प्रयोग गरिएका छैनन् । नयाँ उपकरण किन किन्नुपर्यो ?” उनले भने, “अहिले भएका पुराना उपकरण के कस्ता कहाँ रहेका छन् । तिनीहरू बनाएर प्रयोग नगरेसम्म खरिद प्रक्रियामा जानु हुँदैन ।”

उनले एक हप्ताभित्र पुराना उपकरणको अवस्थाबारे आफूलाई जानकारी गराउनसमेत निर्देशन दिए । उनले स्वास्थ्य मन्त्रालयल संवेदनशील भएकाले जभाभावी बिदामा पनि नबस्न कर्मचारीलाई निर्देशन दिए । मन्त्री बस्नेतले आफू सफल हुनु भनेको कर्मचारीले राम्रो काम गरेपछि हुने भन्दै कर्मचारीलाई दत्तचित्त भएर काम गर्न आग्रह गरे ।

“म सफल हुने भनेको तपाईंहरूले काम गरेर मात्र हुने हो”, उनले भने, “तपाईंहरूले आफ्नो कर्तव्य पालन भएर काम गर्नुपर्दछ । आन्तरिक काम तपाईंहरूले गर्ने हो । म टिमको नेतृत्व गरेर काम गर्दछु ।”

उनले कोरोना भाइरस र डेङ्गु सङ्क्रमण सावधानी अपनाएर रोकथाम र नियन्त्रण गर्न सकेको बताए । सरकारी अस्पतालजस्तो राम्रो उपचार निजी अस्पतालमा नहुने भन्दै सरकारी अस्पतालको गुणस्तरलाई अझ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उनले चिकित्सको परामर्श शुल्क तोक्ने विषयमा मन्त्रालयको लगाम हुनुपर्ने बताए ।  “चिकित्सकको विशेषज्ञतालाई पनि ध्यान दिनुपर्दछ । चिकित्सक र बिरामीको मर्कालाई ध्यान दिनुपर्यो । यतिसम्म चिकित्सकको परामर्श शुल्क उचित हुन्छ भनेर सिलिङ तोक्ने स्वास्थ्य मन्त्रालयको लगाम हुनुपर्दछ”, मन्त्री बस्नेतले भने ।

उनले चिकित्सकले तोक्ने शुल्कको नियमन र अनुगमन गर्नुपर्ने भनाइ राखे । “एउटा चिकित्सकले एउटा बिरामी हेरेको एक हजार दुई सय लिन थालेको मैले सुनेको छु”, उनले भने, “त्यसको अनुगमन र नियमन कसले गर्ने हो ?”

कार्यक्रममा मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले मन्त्रालयका केही ऐनका दफा संशोधन गर्नुपर्ने बताए । उनले वीर अस्पतालमा अबदेखि शल्यक्रियाका लागि समय पर्खनु नपर्ने अवस्थाका लागि विज्ञापन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको