रोल्पाको जेल्वाङमा स्वास्थ्यचौकी बनाउन चन्दा सङ्कलन



रोल्पा । रोल्पामा जेल्वाङस्थित स्वास्थ्यचौकी बनाउन स्थानीयले चन्दा सङ्कलन अभियान थालेका छन् । सुनछहरी गाउँपालिका–७ जेल्वाङमा उक्त अभियान सुरु गरिएको हो । सुनछहरीका पूर्व अध्यक्ष आशबहादुर पुनको नेतृत्वमा उक्त अभियान थालिएको हो । यसका लागि सदरमुकाम लिवाङ, सुलिचौरलगायतका बजार क्षेत्रमा अभियान्ता खटाइएको छ ।

हाल जेल्वाङ गाउँमा रहेको स्वास्थ्यचौकी अव्यस्थित र मापदण्डअनुसारको नभएकाले सेवा लिन समस्या भएकाले नयाँ भवन निर्माणका लागि आफूहरुले सहयोग सङ्कलन गरिरहेको लिवाङमा सहयोग सङ्कलन गरिरहेका वालकुमार पुनले बताए । विकासमा जनताको सहभागिता भए अपनत्व पनि बढ्ने भएकाले अभियान दीर्घकालीन सोचका साथ अघि सारिएकोे पुनको भनाइ छ ।

भवन निर्माणका लागि जग्गा खरिद र अन्य व्यवस्थापनका लागि १३ लाख ५० हजार खर्च भएकाले उक्त सहयोग अभियान थालिएको अभियानका संयोजक आशबहादुर पुनमगरले जानकारी दिए । सो गाउँले यसअघि रोल्वाङ मावि जेल्वाङको लागि पनि १६ लाखभन्दा बढी रकम चन्दा सङ्कलन गरेको थियो ।

उक्त स्वास्थ्यचौकीबाट पाँच १० परिवारले नियमति सेवा लिने गरेका छन् । भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकार र सुनछहरी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि एक करोड ४० लाख विनियोजन गरेका छन् । सरकारले विनियोजन गरेको यो बजेट अपुग भएकाले स्थानीय चन्दा उठाउन बाध्य भएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको