युरोपेली सङ्घद्वारा नेपाललाई कोभिडविरुद्धको १५ लाख डोज खोप प्रदान



काठमाडौं । युरोपेली सङ्घले कोरोना भाइरसविरुद्धको करिब १५ लाख मात्रा खोप उपलब्ध गराएको छ । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले उक्त खोप हन्तान्तरण गरे ।

संयुक्त राष्ट्र सङ्घको संयोजनमा कोभ्याक्स सुविधामार्फत बुस्टर डोजका लागि उपलब्ध भएको ‘फाइजर वायोटेक वाइभ्यालेन्ट’खोप हस्तान्तरण भएको हो । अष्ट्रियाबाट चार लाख तीन सय २० मात्रा, चेक रेपब्लिकबाट तीन लाख ६२ हजार आठ सय ८० मात्रा, फ्रान्सबाट एक लाख ९५ हजार आठ सय ४० मात्रा, ग्रिसबाट तीन लाख ४८ हजार चार सय ८० मात्रा र इटालीबाट एक लाख ९५ हजार आठ सय ४० मात्रा खोप राजदूत डेप्रेजले स्वास्थ्य सचिव डा पोखरेललाई हस्तान्तरण गरे ।

स्वास्थ्य सचिव डा पोखरेलले सङ्क्रमण बढिरहेकाले बेला उपलब्ध भएको खोपले कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सहयोग गर्ने बताए । राजदूत डिप्रेजले खोपले नेपालको कोरोना भाइरस महामारी रोक्न सहयोग पुग्ने बताउनुभयो । उक्त कार्यक्रममा खोप उपलब्ध गराउने देशका महावाणिज्य दूतावासका प्रतिनिधिलगायत युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको