कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु, थप १२१ सङ्क्रमित



काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार थप एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको निधन भएको हो ।

मङ्गलबार चैत २८ गते पनि एक जनाको निधन भएको थियो । यस्तै आज दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्कनुभएको छ ।

यसैगरी काठमाडौँ उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आइसियु) र तीन जना भेन्टिलेटरमा उपचारत रहेका छन् । हालसम्म चार सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको