निरक्षरमा ‘क्यान्सर’ रोग उच्च



काठमाडौं । नेपालमा साक्षरभन्दा निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनबाट बढी ‘क्यान्सर’ रोग हुने देखिएको छ ।

एन्सन नेपालले सार्वजनिक गरेको अध्ययनमा ४६ प्रतिशत निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर रोग देखिएको हो ।

एन्सन नेपालले सन् २०१९ मा गरेको सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान उपचार सेवा लिन आउने सेवाग्राहीको आर्थिक भारसम्बन्धी अनुसन्धानगरेको थियो । अनुसन्धानमा एक दशमलव नौ प्रतिशत उच्च शिक्षा हासिल गरेका व्यक्तिमा मात्र सुर्तीजन्य पदार्थको सेवनका कारणले क्यान्सर हुने गरेको पाइएको छ ।

अध्ययनले १६ प्रतिशतले बिरामीले घर जग्गा बेचेर उपचार गर्ने गरेको पाइएको छ । सत्ताइस दशमलव दुई प्रतिशत बिरामीले घरायसी बचतबाट उपचार खर्च बेहोर्ने र ६० प्रतिशत विरामी आफन्तबाट ऋण लिई खर्च बेहोर्ने गरेको अध्ययनमा देखाइएको छ ।

अध्ययनले सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर रोगका विरामीको औषत उमेर ५३ दशमलव पाँच वर्ष रहेको छ । एन्सन नेपालले एक सय तीन जना काठमाडौँमा उपचार गराइरहेका बिरामीसँग अध्ययन गरेको थियो ।

अध्ययनले क्यान्सर रोगको उपचारका लागि ४२ दशमलव सात प्रतिशत कृषि, २२ दशमलव तीन प्रतिशत व्यापार, ११ दशमलव सात प्रतिशत दैनिक ज्यालादारी, आठ दशमलव सात प्रतिशत सरकारी सेवा र आठ दशमलव सात प्रतिशत वैदेशिक रोजगार मुख्य उपचारको लागि आम्दानीको मुख्य स्रोत भएको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार