डायलासिस सेवाका लागि बिरामीलाई सास्ती



दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ का शम्भुरत्न घिमिरेको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनी डायलासिस गराउँदै आएका छन् । उनी मानसिक तनावमा छन् । गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, लमहीस्थित डायलाइसिस सेवा बन्दको सूचना प्रकाशित भएपछि घिमिरे थप चिन्तित बनेका छन् । उनले यहाँ दुई वर्षदेखि डायलासिस गराउँदै आएका थिए ।

“डायलासिस सेवा बन्द हुने खबरले चिन्तित बनाएको छ, अब कहाँ गएर उपचार गर्ने ?”, घिमिरेले भने, “सरकारले हाम्रो उपचारको पहल गरिदिनु पर्छ ।”

यस्तै महेन्द्रनगरबाट मिर्गौलाको डायलासिस गराउन दाङको लमही आएकी ४२ वर्षीया वसन्ता केसी उक्त सेवा बन्द हुने सुनेपछि चिन्तित छिन् । उनले भनिन् “अन्यत्र भन्दा यहाँ डायलाइसिस गर्न सहज थियो, अब उपचार गर्न समस्या हुने भयो ।”

तीन वर्षदेखि यहाँ आएर डायलासिस गराउँदै आएका प्युठानको सरुमारानी गाउँपालिका–४ सिरुबारीका ३५ वर्षीय केशव थापा पनि सेवा बन्द हुने खबरले चिन्तित छन् ।

उपचारबापतको रकम राज्यले हालसम्म उपलब्ध नगराउँदा सेवा बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालका प्रमुख एजाज आलमले बताउनुभयो । यहाँ ५६ मिर्गौलाका बिरामीले डायलासिस गराउँदै आएका छन् ।

“अस्पतालले पाउनुपर्ने छ करोड पाउन सकेको छैन”, उनले भने । लमही सामुदायिक डायलासिस कन्द्रलाई सरकारले विपन्न नागरिकको उपचार गरेबापत उपलब्ध गराउँदै आएको रकम सात महिनादेखि भुक्तानी गरेको छैन ।

डायलासिसका लागि अत्यावश्यक सामान खरिद गर्न र अस्पतालमा कार्यरत कर्मचारीको तलब भुक्तानी गर्नसमेत समस्या भएको छ । यही फागुन १५ गतेभित्र राज्यले प्रदान गर्ने रकम भुक्तानी नगरे निःशुल्क सेवा बन्द हुने अस्पतालले जनाएको छ । शुल्क लिएर भने सेवा यथावत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन अभियानको उद्घाटन

  ललितपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन

एचपिभी खोप लगाउन किशोरीहरुलाई स्वास्थ्यमन्त्री पौडेलको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय

कैलाली । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले बिदाको दिनमा पनि चिकित्सालयमा आउने बिरामीलाई उपचार

मन्थली अस्पतालको भवन नगरपालिकालाई हस्तान्तरण

मन्थली । १५ श्ययाको मन्थली अस्पतालको नवनिर्मित भवन मन्थली नगरपालिकालाई हस्तान्तरण गरिएको छ