बाँकेमा दादुराको सङ्क्रमण कायमै



बाँके । बाँकेमा दादुरा रोगको सङ्क्रमण कायमै रहेको छ । अहिलेसम्म तीन सय नौ बालबालिकामा दादुरा रोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयकाका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार, दादुरा सङ्क्रमणबाट सबैभन्दा बढी नेपालगञ्जका बालबालिका प्रभावित भएका छन् ।

दादुराको सङ्क्रमणबाट अहिलेसम्म नेपालगञ्जमा एकजनाको मृत्यु भइसकेको छ । यहाँ अहिलेसम्म दुई सय १३ सङ्क्रमित फेला परेका छन् । हालसम्म नरैनापुरमा ४१, खजुरा गाउँपालिकामा २१, डुडुवामा १८, कोहलपुरमा नौ र राप्ती सोनारीमा सात जनालाई दादुरा सङ्क्रमण पुष्टि भएको छ ।

यीमध्ये १० जनाको उपचार भइरहेको छ । नेपालगञ्जका एक सङ्क्रमित अस्पताल भर्ना भएका छन् । यसैगरी राप्ती सोनारीका सात र कोहलपुरका दुई बालबालिका ‘होम आइसोलेशन’ मा रहेका श्रेष्ठले जानकारी दिए ।

दिनहुँ सङ्क्रमण फैलिरहँदा बालबालिका निको हुने क्रम पनि चलिरहेको छ । अहिलेसम्म बाँकेमा दुई सय ९८ जना निको भइसकेका छन् । नेपालगञ्जका दुई सय ११, नरैनापुरका ४१, खजुराका २१, डुडुवाका १८ र कोहलपुरका सात जना बालबालिका निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपालगञ्जमा सङ्क्रमण केही कम भए पनि ग्रामीण क्षेत्रतिर बढिरहेकोले दादुरा सङ्क्रमण रोक्न ठाउँठाउँमा खोप कार्यक्रम सञ्चालन भइरहेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिकलसेलको अध्ययन गर्न जापानी चिकित्सक दाङमा

तुलसीपुर । जापानी नागरिक डा युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको

कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै

काठमाडौं । कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेको पाइएको छ । स्वास्थ्य

स्वास्थ्य बीमा बापतको २२ लाख रकम आफनो खातामा राखेर स्वास्थ्यकर्मी फरार

काठमाडौं । स्वास्थ्य बीमाका लागि सर्वसाधारणले तिरेको झण्डै २२ लाख रुपैयाँ आफ्नो खातामा

पोखराको हिमालय आँखा अस्पताल अब्बल

पोखरा । पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो । विसं २०२९