दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई लायन्स कल्वको उपकरण सहयोग



म्याग्दी । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई आइतबार ४२ लाख मूल्य बराबरको उपकरण उपलब्ध गराएको छ ।

लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ले लायन्स क्लब अन्तराष्ट्रियको फाउण्डेशनको कोषबाट उपकरण खरिद गरेर उपलब्ध गराएको हो । ४२ लाख मूल्य बराबरको उपकरण उपलब्ध गराइएको लायन्स क्लब अफ म्याग्दी दरवाङका अध्यक्ष थमन गौतमले जानकारी दिए ।

उनका अनुसार ५०० एमए एक्सरे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको हो ।

लायन्स क्लबका पदाधिकारीले गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडाध्यक्ष पथबहादुर रोका मार्फत केन्द्रका प्रमुख डाक्टर विजय शर्मालाई औजार हस्तान्तरण गरेका थिए ।

लायन्स क्लबका एरिया कोअर्डिनेटर राजन लम्साल, लिमिडाइट पास्ट मल्टीपल काउन्सिल अध्यक्ष मनबहादुर रोका र डिस्ट्रिक गर्भनर राम बसेलले उपकरण हस्तान्तरण गरेका थिए ।

प्राप्त उपकरणबाट बिरामीको उपचारमा सहज हुने अस्पतालका डाक्टर शर्माले बताए । प्रदेशसभा सदस्य जुग्जालीले ग्रामीण क्षेत्रको प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग गरेकोमा क्लबलाई धन्यवाद दिँदै उपकरणको प्रयोग गरेर नागरिकलाई सहजरुपमा सर्वसुलभ सेवा उपलब्ध गराउन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्राथमिक उपचार केन्द्र दरवाङलाई स्तरोन्नति गरेर अस्पताल बनाउने तयारी भएको बताए । क्लबले उपलब्ध गराएको उपकरण अस्पताल सञ्चालनका लागि सहयोगी हुने अध्यक्ष गर्बुजाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा