सिन्धुपाल्चोकका ३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा रहेका ३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू गरिएको छ । आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको गुनासो आएको सन्दर्भमा बागमती प्रदेश सरकारसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले यो काम सुरू गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनुप अधिकारीले एम्बुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्बुलेन्सको वास्तविक स्थान र अवस्था पहिचान गरी छिटो छरितो बनाउन डिभाइस राखी गरी धुलिखेलमा रहेको सेन्टरसँग जडान गरिएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीकाअनुसार हेल्पलाइन २४सै घण्टा उपलब्ध हुनेछ । आकस्मिक उपभोक्ताले हेल्पलाइनमा फोन गरी आफू रहेको स्थानको ठेगाना टिपाइसकेपछि हेल्पलाइनमा रहेका सहयोगी कर्मचारीबाट उक्त स्थानको सबैभन्दा नजिक र खाली रहेको एम्बुलेन्स एकिन गरी चालकको नम्बर सेवाग्राहीलाई उपलब्ध गराइनेछ ।

उक्त एम्बुलेन्सले सोवाग्राहीलाई सेवा दिए नदिएको जानकारी तुरुन्त इप्रविधिमार्फत अनुगमन गरिने स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताए । उनका अनुसार सर्वसाधारणले १०२ मा फोन गरेर सिधै सेवाग्राहीले एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा