सुन्दरहरैंचाको सरूवा रोग अस्पताल अलपत्र



सुन्दरहरैंचा । दुई वर्षअघि शिलान्यास भएको मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित प्रादेशिक सुरुवा अस्पताल यतिबेला अलपत्र अवस्थामा पुगेको छ ।

कुल २५ करोड लागतमा निर्माण हुने भनिएको अस्पतालका लागि आर्थिक वर्ष २०७६/७७ मा आठ करोड विनियोजन भएको थियो ।

तर हालसम्म काम भने सुरु हुन सकेको छैन । तत्कालीन सङ्घीय सरकारले सातै प्रदेशमा एक/एक वटा सरुवा रोग अस्पताल बनाउने योजना अनुसार तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले अस्पतालको शिलान्यास गरेका थिए ।

तर अस्पतालको शिलान्यास गरिएको ठाउँ भवन निर्माण बन्न सकेको छैन । शिलान्यास गरिएको स्थानमा यतिबेला तोरी उम्रिन थालेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी कृष्णप्रसाद न्यौपानेले बताए ।

अस्पताल शिलान्यासपछि आसपास क्षेत्रमा जग्गा बिक्री बढेको थियो । अस्पताल बन्ने सम्भावना देखेर यहाँ धेरैले घडेरी किनेका थिए । सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि कर्जुना पैनी किनारमा लामो समयदेखि सुकुम्बासी समेत खुसी भएका थिए ।

उनीहरूलाई तत्कालीन समयमा मन्त्री ढकाल, बिपी प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा ज्ञानेन्द्र गिरीले घरबासको व्यवस्था मिलाउने आश्वासन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सोलुखुम्बुमा ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखा उपचार

  सल्लेरी (सोलुखुम्बु) ।  हिमाली सोलुखुम्बुको फाप्लुमा आँखाको ‘टेलिअफ्थाल्मोलोजी’ प्रविधिबाट आँखाको उपचार सेवा

पर्सा पूर्ण खोप युक्त जिल्ला घोषणा

  वीरगञ्ज । पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ  ।

हृदयघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको

भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन

  भरतपुर (चितवन) । चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको