टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई अस्पतालमा रुपान्तरण गरिने



काठमाडौं । काठमाडौंको टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई अस्पतालमा रुपान्तरण गरिने भएको छ । ग्रीनलाइफ हेल्थकेयर टोखा-७, तिलिङटार धापासीको आयोजनामा टोखा नगरपालिकामा बसेको स्थानीय चिकित्सकहरूको बैठकले पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

स्थानीय चिकित्सक र स्थानीय समुदायको साझेदारीमा अस्पताल स्थापना गरिने भएको हो । ग्रीनलाइफ हेल्थकेयरका अध्यक्ष डा। रोशन भट्टराई, टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलगायत सहभागी बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तैगरी टोखा नगरपालिका उपप्रमुख मुरारी तामाङ, नेपाल चिकित्सक संघका महासचिब डा. बद्री रिजाललगायत ६२ जना चिकित्सकले बैठकमा सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिममा डेङ्गुको सङ्क्रमण बढ्दै

  सुदूरपश्चिम । सुदूरपश्चिममा एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गुको सङ्कमण

स्वास्थ्यमन्त्री पौडेलको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा सुधार हुने तनहुँवासीको अपेक्षा

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी निवासी प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा

चितवन मेडिकल कलेजद्वारा एकवर्षमा पाँच करोड रुपैयाँ बराबरको निःशुल्क सेवा

  चितवन ।  चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल भरतपुरले गत एक वर्षमा 

क्यान्सर रोग नियन्त्रण तथा रोकथामका पक्षमा काम गर्छुः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले  रामशाहपथस्थित मन्त्रालय पुगेर पदभार ग्रहण