लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्डमा नेपालमै पहिलो



बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै पहिलो भएको छ । अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा दोस्रोपटक पहिलो प्रथम हुन सफल भएको हो ।

स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीका अनुसार न्यूनतम मापदण्ड मूल्याङ्कनमा अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष ७४ प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको अस्पतालले यस वर्ष थप अङ्क प्राप्त गरेको छ ।

वर्षमा दुईपटक अनुगमन मूल्याङ्कन हुने गरेकामा यसअघि भने कर्णालीको सुर्खेत अस्पताल पहिलो भएको थियो । अनुगमन टोलीमा कर्णाली प्रदेश निर्देशनालयका फोकल पर्सन, डोटी अस्पताल, काठमाडौँ र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको टोली सहभागी थियो ।

लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्यूठान, स्याङ्जा, रुकुम, रोल्पालगायत जिल्लाबाट उपचारका लागि बिरामी लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन् ।

अस्पतालको तथ्याङ्कानुसार पछिल्लो एक वर्षको अवधिमा तीन लाख चार हजार सात २५ जनाले उपचार गराएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा अस्पतालको बहिरङ्ग रोग विभाग र आकस्मिकबाट सेवाग्राहीले सेवा लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसारमा मानिसलाई सबैभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक नै हो

-डा. अरुणा उप्रेती चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास