२०६ जनामा कोरोना संक्रमण, ३९८ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा २८६९ जनाको नमुना परीक्षण गर्दा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै ३९८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २८९१ पुगेको मन्त्रालयले जनाएको छ ।